|

गुल्मी : गुल्मी जिल्ला अदालतले एक महिला र उनका जुम्लिया दुई छोरीलाई हत्या गरेको कसुरमा गर्ने बाग्लुङको गल्कोट नगरपालिकाका ४६ वर्षीय पूर्णबहादुर सुनारलाई आजीवन कैद सजाय तोकेको छ।

२०७६ कात्तिक १६ मा मोरङको कानेपोखरी-३ कन्काई घर भई पोखरामा बस्दै आएकी ३२ वर्षीया शिवमाया लिम्बु र उनका सात वर्षीय जुम्लिया छोरी गंगा र जमुनाको हत्या गरेको कसुरमा सुनारलाई अदालतले सजाय सुनाएको हो।

न्यायाधीश राधाकृष्ण उप्रेतीको सुनारलाई आजीवन कैद सजायको फैसला गरेको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिए।

सुनारले शिवमाया र उनका छोरीहरुलाई गुल्मीको चन्द्रकोट गाउँपालिकाको हर्राचौरमा रहेको जंगलमा हत्या गरेका थिए। हत्यामा उनका भाइ हर्कबहादुर सुनार र एक नाबालकको पनि सहायता लिएको प्रहरीले जनाएको छ।

हर्कबहादुर फरार छन्। नाबालकलाई एक वर्षको कैद हुने गरी फैसला भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.