|

काठमाडौं : प्रहरीले स्रोत नखुलेको साढे १८ लाख रुपैयाँसहित नवलपरासीको बर्दघाटबाट एक भारतीयसहित दुईजनालाई पक्राउ गरेको छ।

सोमबार बेलुकी बर्दघाट नगरपालिका– १२ भटौलियास्थित नारायाणचोक–परासी भित्री सडक खण्डबाट नवलपरासी (पश्चिम) पाल्हिनन्दन गाउपालिका–२ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंजका २७ वर्षीय समिर खानलाई प्रहरीले उक्त रकमसहित पक्राउ गरेको हो।

लु.१६ प ३७२९ नम्बरको मोटरसाइकलमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेका उनीहरुलई इलाका प्रहरी कार्यालय सेमरीको टोलीले चेकजाँच गर्ने क्रममा उक्त रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.