|

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले अबदेखि निषेधाज्ञा तोडेर सभा,जुलुस गरेको पाइएमा कानुनी अनुसार कडा कारबाही गर्ने चेतावनी दिएको छ।

प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गरि त्यस्ता कार्यले पछिल्लो समय काेराेना संक्रमणदर बढेको भन्दै सभा जुलुस नगर्न भनेकाे हो।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी सूचनामा भनिएको छ,‘पछिल्लो समय अस्पतामा भेन्टिलेटर, आइसियु भरिँदै गएको छ,संक्रमण रोक्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहन्छ,वर्तमान अवस्थामा भएको सभा,सम्मेलन,गोष्ठी,जुलुस,र्‍याली जस्ता गतिविधिबाट संक्रमण बढेको पाइएको छ।’

यस्ता गतिविधि गरेको पाइएमा कारबाही गर्ने र सबैले सामाजिक दूरी कायम गर्ने,मास्क लगायत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन सूचनामार्फत पराजुलीले आग्रह गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.