|

काठमाडौं : साताको पहिलो दिन सेयर बजारमा झिनो अंकले सुधार आएको छ। आज बजार ०.६६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक ३१०८.१२ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७८ अंकले बढेर ५७८.०९ को उचाइमा पुगेको छ। कारोबार रकम पनि सवा १४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली र ७ वटामा रातो पोतिएको छ। जलविद्युत समूह सर्वाधिक ३.३३ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह १.३२ प्रतिशतले बढेको आज वित्त समूहमा ०.८१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०२ प्रतिशत र बैंकिङ समूहमा ०.०८ अंकले बढेको छ।

आज निर्जीवन बीमा समूह सर्वाधिक १.३८ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह १.२७ प्रतिशतले घटेको आज व्यापार समूहमा ०.९९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०६ प्रतिशत, अन्य समूहमा ०.९६ प्रतिशत, जीवन बीमा समूहमा ०.५६ प्रतिशत र लगानी समूहमा ०.०३ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता सेयर कित्ता सेयर १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ रुपैयाँ किनबेच भएका छन्।

आज अपी पावरको सर्वाधिक ८१ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ६० करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको आज युनिभर्सल पावरको ५४ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै ङादी ग्रुप पावरको ४९ करोड ४७ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको ३८ करोड ४९ लाख रुपैयाँ, राधी विद्युतको ३५ करोड ७७ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३१ करोड ५१ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको ३१ करोड ४१ लाख रुपैयाँ र सिनर्जी पावर २८ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आइतबार ६ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, अपी पावर, युनिभर्सल पावर र जीवन विकास लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा युनियन लाइफ इन्स्योरेन्स र ङादी पावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

आज कर्पोरेट डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। आज गुराँस लघुवित्तका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.