|

काठमाडौं : गत वैशाख दोस्रो साताबाट नेपालमा संक्रमण ह्वात्तै बढेको थियो। त्यसले महामारीकै रुप लियो। पहिलो लहरमा भन्दा दोस्रो लहरमा धेरैले ज्यान गुमाए। अक्सिजनकै अभावमा दोस्रो लहरमा धेरैले ज्यान गुमाएका थिए।

यी पृष्ठभूमि र आधारका बाबजुद अहिले नेपालको अवस्था फरक देखिएको छ। संक्रमण घट्दै गइरहेको छ। संक्रमण घट्दै गए पछि सरकारले पनि लगभग समाजका सबै क्षेत्रलाई पुन समान्य अवस्थामा फर्काउँदै लाने निति सहित सार्वजनिक स्थानहरु खुल्ला गर्दै लगेको छ भने विद्यालयहरु पनि लगभग खुल्दै गएका छन।

हाल दैनिक जिवन सामान्य अवस्थामा फर्किए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अघि नै असोजको दोस्रो हप्ताबाट नेपालमा कोरोनाको तेस्रो लहर सुरु हुने प्रक्षेपण गरेको छ।

 तर, विज्ञहरुले तत्काल तेस्रो लहर आउने सम्भावना भने कम भएको बताएका छन। दोस्रो लहर आउदा नेपालमा भर्खरै डेल्टा भेरियन्ट प्रवेश गरेको र यसले दोस्रो लहरलाई उत्कर्षमा पुर्‍याएको भए पनि हाल कुनै नयाँ उत्परित भाइरस फेला नपरेको हुँदा तेस्रो लहरको सम्भावना हाललाई नहरे पनि भर्खरै दैनिक जिवन पुन सामान्य हुदै गएको बजारहरु पूर्ण खुल्न थालेको हुँदा अहिले बढेको मानिसहरुको चहलपहलले एक दुई हप्ता पछि पुन संक्रमित केही समय बढ्न सक्ने सम्भावना भने रहेको बताउँछन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुन। 

‘दोस्रो लहर आउनु र धेरै क्षति हुनुमा डेल्टा भेरियन्टसँग भर्खरै आएको अवस्था थियो तर,हाल अहिले सम्म कुनै नयाँ उत्परित भाइरस नभेटिएको हुँदा तेस्रो लहर तत्कालै आउला जस्तो देखिदैन तर जोखिम भने कम भएको छैन किन भने भर्खरै बजार खुलेको छ जसले गर्दा एक दुई हप्तामा केश पुन अलि बढ्न सक्छ,’ उनले भने।

करिब २ महिनासम्म नेपाल विश्वमा कोरोना महामारीबाट अतिप्रभावित मुलुकमध्ये एक बन्न पुग्यो। महामारीका कारण बैशाख १६ गतेबाट काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरमा निषेधाज्ञा जारी भयो। विस्तारै करिब–करिब देशैभर निषेधाज्ञा लागू गरियो।

खोप लगाउने दर बढेको छ र मान्छेमा एन्टीबडी पनि विकास भएकोले संक्रमण घटेको कोभिड–१९ भाइरसको नयाँ भेरियन्टसहित जुनसुकै बेला अर्को लहर आउने जोखिम भने नघटेको डा पुनको भनाइ छ।

 यस्तै  हाल धेरैले कोरोना विरुद्धको खोप लगाएको र पहिलो र दोस्रो लहरमा धेरै जना संक्रमित भएर प्राकृतिक रुपमा नै समुदायमा नै एन्टिबडी बनेको हुँदा अब नयाँ भाइरस नदेखिँदासम्म तेस्रो लहर तत्कालै आउने सम्भावना कम भए पनि पनि अहिले भएका भाइरस समुदायमा नै रहेका र धेरै बालबालिकाले खोप नलगाएको अवस्था रहेको हुँदा भविष्यमा तेस्रो लहरको सम्भावनालाई नकार्न नसकिने बताउँछन्।  त्रिभूवन विश्व विद्यालयमा कार्यरत अनुवांशिक वैज्ञानिक डा गिरिराज त्रिपाठी।

‘खोप अभियान चलि रहेको र कोभिड भएर एन्टिबडी बनेको अवस्थामा हाललाई जोखिम कम भए पनि भाइरसले छिटो छिटो आफ्नो स्वरुप फेर्ने हुँदा अहिले नै तेस्रो लहर नआउला भन्न सकिदैन’ उनले भने।

डा त्रिपाठीका अनुसार हाम्रोमा भाइरस समुदायमा नै रहेको र बालबालिका उमेर समूहका धेरैले खोप नलगाएको हुँदा अबको जोखिम उनीहरुलाई धेरै रहेको छ।

उनी भन्छन्, ‘अन्य उमेर समूहका मानिस भन्दा बालबालिकाको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, हाल हाम्रोमा भाइरस समुदयामा नै छ, उनीहरुलाइ खोप नलगाइएको अवस्था छ त्यसैले जोखिम छ।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.