|

काभ्रे : बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका––७ धुलिखेल चोकबाट ट्रक चालक र सहचालक पक्राउ परेका छन्।

बनेपा नगरपालिका–१२ मो साझा पेट्रोल पम्पअगाडि १३ वर्षीय बालिकालाई बलात्कार गरी फरार रहेका ट्रक चालक झापाको हल्दीबारी गाउँपालिका–५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सह–चालक मोरङको उर्लाबारी नगरपालिका–१ का १८ वर्षीय निदिप धिमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए। उनीहरुलाई मंगलबार ट्रकसहित नियन्त्रणमा लिइएको खतिवटाले बताए।

डिएसपी खतिवडाका अनुसार गत भदौ २६ मा राति १२ बजे भक्तपुर नगरपालिका–१ श्रृजनानगरस्थित सडकखण्डमा पूर्वतर्फ जान गाडी कुरिरहेकी ती बालिकालाई विश्वकर्मा र सह–चाकल धिमालले गन्तव्यसम्म पु¥याइदिने भनी आफ्नो गाडीमा राखी ल्याएका थिए। राति साढे १ बजे बनेपा–१२ मा रहेका साझा पेट्रोल पम्पअगाडि गाडी रोकी गाडीभित्रै चालक र सह–चालकले बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ। पीडित बालिका गन्तव्यतर्फ पुग्न नसकी पुनः भक्तपुरतर्फ हिँडिरहेको अवस्थामा प्रहरी टोलीले फेला पारेको बताए।

बालिकालाई प्रहरीले सोधपुछ गर्दा नम्बर नखुलेको ट्रक चालक र सह–चालकले भक्तपुर–१ श्रृजनानगरबाट आफ्नो गन्तव्यसम्म पु¥याइदिन्छु भनी ल्याएर बनेपा–१२ जनागालस्थित् साझा पेट्रोल पम्प अगाडि गाडी रोकी बलात्कार गरेको बताएको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले तत्काल पीडितलाई आफन्तको जिम्मा लगाई अनुसन्धान सुरु गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.