|

काठमाडौं : बन्द सफल पार्न उपत्यकाको भद्रकाली चोकमा प्रदर्शन गर्ने नेकपा विप्लव समुहका ५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बन्दकर्ताले सडकमा टायर बालेर नाराबाजी गरेका थिए।

प्रहरीले उनीहरूलाई तितरबितर गर्न सामान्य बल प्रयोग गरेको छ।  पार्टीका कार्यकर्ता बिहानैदेखि उपत्यकाका विभिन्न क्षेत्रमा बन्द सफल पार्ने प्रयास गरिरहेका छन्। तर, उपत्यकामा बन्दको प्रभाव सामान्य देखिएको छ।

सार्वजनिक सवारी कम चले पनि निजी सवारी ठूलो संख्यामा चलेका छन्। पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि तत्काल हटाउन माग गर्दै नेपाल बन्दको घोषणा गरेको थियो ।

सडकमा अप्रिय घटना हुन नदिन सरकारले चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.