|

काठमाडौं :  अंग्रेजी भाषामा छोटो कथा प्रतियोगिताका विजेताहरूलाई मंगलबार पुरस्कृत गरिएको छ।

नेपालबाट प्रकाशित हुने ल-लित म्यागाजिन र अमेरिकाको इन्डियाना विश्वविद्यालय ब्लुमिङटनका डिस्टिङ्ग्युस्ड प्राध्यापक तथा लेखक सम्राट उपाध्यायको पहलमा ५ वर्षदेखि सो प्रतियोगिता गरिँदै आएको छ।

यो प्रतियोगिताको उद्देश्य, नेपाल र नेपाल बाहिर बसोबास गर्ने नेपालीहरूलाई अंग्रेजी भाषामा कथा लेख्न प्रोत्साहनका लागि सुरू गरिएको उपाध्यायले बताए।

यस वर्ष कथाहरू सन् २०२१ अक्टुबर १५ तोकेको र प्रतियोगितामा १ सय ७५ वटा कथाहरू प्राप्त भएको थियो। 

तीमध्ये ७ वटा उत्कृष्ट कथाहरू छानिएको र ७ मध्ये ३ वटा पुरस्कृत भएका थिए।

पुरस्कृत पहिलो, दोस्रो र तेस्रो कथाहरू ल-लित अंग्रेजी  म्यागेजिनमा प्रकाशन गरिनेछ।

पुरस्कारको राशि लेखक सम्राट उपाध्याय र इन्डियाना विश्वविद्यालयद्वारा प्रायोजित गरिएको छ।

यस पटक पुरस्कृत हुनेमा  पहिलो पूजा पौडेल, दोस्रो ऋतु राजवंशी र तेस्रो दुई जना सदिश ढकाल र अल्फा शाक्यका कथा  छन्।

पुरस्कारको रकम पहिलो, दोस्रो र तेस्रो क्रमशः २०, १५ र १० हजार नेपाली रूपैयाँ रहेको छ।

पुरस्कृत कथाहरूको छनौट लेखक उपाध्यायले गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.