|

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाको नगरबस सञ्चालनमा आउन सकेको छैन। करिब दुई महिनाअघि खरिद गरेको नगरबस सञ्चालनमा नआएको हो।

नगर बस सञ्चालन गर्न आवश्यक मापदण्ड बनाउन नसक्दा सेवा सुचारू गर्न नसकिएको अमरगढी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्त पन्तले बताए। 

बस सञ्चालनको मापदण्डमा बस भाडा तथा बसका चालक तथा सह–चालकको तलब भत्तासमेत समावेश गर्नुपर्ने व्यवस्था छ। कार्यविधिको मस्यौदा नै तयार नभएकाले बस सञ्चान गर्ने अझै समय लाग्ने नगरपालिकाले जनाएको छ।

कार्यविधि नगर कार्यपालिकाले पास गरेपछि मात्र मान्य हुने गरेको छ। तर, अमरगढी नगरपलिकामा २ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन। डडेल्धुरामा अमरगढी नगरपालिकाले पहिलोपटक नगर क्षेत्रमा सञ्चालन गर्न बस खरिद गरेको हो।

नगरपालिकाका अनुसार ठेक्का सम्झौतामार्फत चालकसहित ३६ सिट पास भएको बस खरिद गरिएको हो। बस खरिदका लागि नगरपालिकाले ३६ लाख रुपैयाँको टेण्डर आह्वान गरेको गरेको थियो। ३५ लाख ७० हजार रुपैयाँमा बस खरिद गरिएको नगरपालिकाले जानकारी दिएको छ।

खरिद गरेको बस तत्काल सञ्चालन गरेर नागरिकलाई सेवा दिनुपर्ने नगरवासीको माग छ। अमरगढी नगरपालिका–११ का स्थानीयले सार्वजनिक सवारीका साधन नपाइने भन्दै नगरपालिकाले नगरबस सञ्चालन गर्नुपर्ने माग राख्दै आन्दोलनसमेत गरेका थिए।

छोटो दूरीमा सार्वजनिक सवारीका साधनले यात्रुलाई नबोक्ने भन्दै बस सञ्चालन गर्नुपर्ने स्थानीयको माग गरेका छ। डडेल्धुरामा अजयमेरु गाउँपालिकाले २ जिप गाडी खरिद गरेर सेवा दिइराखेको छ। ग्रामीण सडकमा सञ्चालन गर्नुपरेकोले समय समयमा बिग्रिने समस्या आइराख्ने गरेको गाउँपालिकाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.