|

काठमाडौं : स्थानीय तहको निर्वाचनका बारेमा सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको छ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शीर्ष बैठकले शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाउने निर्णय गरेको जानकारी दिए। नेपाल कोरोना संक्रमणबाट मुक्त भएपछि पहिलोपटक शीर्ष बैठकमा सहभागी भएका हुन्।

पछिल्लो पटक सत्ता गठबन्धनका नेता प्रचण्ड र राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन सारेर बैशाखमा संसदीय चुनाव गर्ने प्रस्ताव गरेका बेला शीर्ष नेताबीच छलफल भएको हो। गठबन्धनको बैठकले चुनावबारे निर्णय गरेर सरकारलाई सिफारिस गर्ने बुझिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.