|

काठमाडौं : मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्।

एमालेका छोम्पेल विष्ट ६८९ मत ल्याएर गाउँपालिका अध्यक्ष विजयी भएका हुन्।

सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार देवबहादुर गुरुङले १८५ मत पाए।

उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित विजयी भएकी छन्। उनले गठबन्धनबाट कांग्रेसकी लक्ष्मी गुरुङलाई हराएकी हुन्।

गुरुङले २२५ मत पाएकी छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.