|

धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मृत्यु हुनेमा तेह्रथुम छथर गाउँपालिका–५ बस्ने २२ वर्षीया कौशिला चेम्जोङ रहेकी छन्। भेडेटारबाट धनकुटातर्फ आउँदै गरेको को ३४ प ११८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ३४ वर्षीया रामकुमार लिम्बु सामान्य घाइते भएका छन्।

मोटरसाइकल चालक लिम्बूकी पत्नी चेम्जोङ मोटरसाइकलको पछाडि बसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकी चेम्जोङको निधारमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसी चिरञ्जीवी दाहालले जानकारी दिए।

मोटरसाइकल चालक लिम्बूको उपचार भइरहेको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.