|

चितवन : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट १३ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उच्च अदालत पाटनको २०७७ पुस ७ गतेको फैसलाअनुसार छ दिन कैद र  १३ लाख रुपैयाँ जरिवाना ठहर भएका चितवन खैरहनी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर तामाङलाई सोमबार पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार बैकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उच्च अदालतले कैद र जरिवाना ठहर भएका तामाङ चितवनबाट पक्राउ परेका हुन्।

पक्राउ परेका तामाङले कुमारी बैंक लिमिटेड सौराहा शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै पीडितलाई चेक दिएर बैंकिङ अपराध गरेको प्रहरीले जनाएको छ।

तामाङलाई फैसला कार्यान्वयनका लागि सोमबार नै जिल्ला अदालत चितवन पेश गरेको महतोले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.