|

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत एकजना कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ।

सोमबार दिउँसो १ बजेतिर कैलालीको गोदावरी नगरपालिका -४ भीमदत्त राजमार्गको गाइमारेमा ती कर्मचारीमाथि आक्रमण भएको हो। आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी राजमार्गदेखि करिब एक सय मिटर तल भिरमा हातखुट्टा बाँधेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रवीन्द्रराज पाण्डेयले भण्डारीसँग कञ्चनपुरको महेन्द्रनगरदेखि तीनजना भारतीय मूलका नागरिकले खानीडाँडासम्म जाने भन्दै लिफ्ट मागेर प्रदेश ३-०१-२३ च ६०२१ नम्बरको जिपमा चढेको बताए।

भण्डारीको घर कञ्चनपुरको दैजी हो। जीप गाइमारे पुगेपछि भण्डारीलाई जीप रोक्न लगाई प्लास्टिकले हातखुट्टा र मुखमा बाँधेर भण्डारीलाई सडकदेखि तल पुर्‍याएर जीप लिएर फरार भएको भण्डारीलाई उदृत गर्दै डिएसपी पाण्डेयले बताए ।

भण्डारीको टाउकोमा चोट लागेको र उनीसँग रहेको मोबाइल, पर्स र नगद ५ हजार रुपैयासमेत लुटेर लगेको डिएसपी पाण्डेयले बताए। उनका अनुसार प्रहरीले घटनाबारे भण्डारीसँग बुझ्ने काम भइरहेको र गाडीसहित फरारको पनि खोजी गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.