‘दुई छिमेकी देशहरूसँग सन्तुलन कायम गर्न सक्नुपर्छ’

|
फाइल फोटो

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनप्रति गुनासो गरेका छन्। 

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ अन्तरक्रिया कार्यक्रममा बोल्दै आफूहरू गठबन्धनको पछुवा मात्रै भएको बताएका हुुन्। 

उनले भने, ‘गठबन्धनको सरकार बनेपछि राष्ट्रियताको सवाल सुदृढ हुन्छ होला भन्ने लागेको थियो। पहिलो प्रश्न राजदूत नियुक्ति प्रधानमन्त्रीले तीनवटा पश्चिमा देशको फटाफट गर्नुभयो। चीन र जापानको त छैन। हामीले दुईवटा छिमेकी देशहरूसँग सन्तुलन कायम गर्न सकेनौँ भने अरूसँग जति सम्बन्ध राखेपछि केही हुनेवाला छैन।’ 

युक्रेन घटना घट्नेबित्तिकै परराष्ट्र मन्त्रालयले विरोधमा वक्तव्य निकाल्न हतारो गरेको बताए। ‘गठबन्धनतिर छलफल पनि छैन। हामी गठबन्धनको पिछुवा मात्रै भयौँ। त्यो गर्नुपर्ने रहेछ भन्ने मात्रै भन्नुपर्ने अवस्था आयो। संयुक्त सरकार भएपछि सल्लाह गर्नुपर्छ। एकलौटी गर्ने हो। एउटा वक्तव्य त भयो’ उनले भने, ‘अमेरिकाले एउटा रुसकाविरुद्ध प्रस्ताव संयुक्त राष्ट्रसंघमा ल्यायो। त्यहाँ पनि नेपालले भोट हाल्यो।’

नेता खनालले युक्रेन घटनाबारे गठबन्धनमा छलफल नभएपछि आफूले प्रश्न उठाएको बताए। अमेरिकाले ल्याएको प्रस्तावमा उभिनु कांग्रेसले सहि भनेपछि गठबन्धनले त्यसबारे छलफल नगरेको गुनासो गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.