प्रवक्ता पाण्डे भन्छन्- गलत प्रचार मात्र।

|

काठमाडौं :  नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्काशन गरिएको छ। अभियानमा आबद्ध चार दलले बैठक बसी गौतमलाई कारबाही गरेका हुन्।

अभियानका दलहरू समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठक बसी ५ बुँदे आरोप सहित गौतमलाई निष्काशन गरिएको हो।

आज काठमाडौंमा बसेको चार पार्टीका शीर्ष नेताको बैठकले सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ।

तर अभियानका प्रवक्ता निमकान्त पाण्डेले यो गलत प्रचार मात्र भएको बताएका छन् । 

यस्ता छन्, गौतमलाई लगाइएका आरोप

१. साङ्गठनिक अराजकता, निरङ्कुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको।

२.अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको।

३. जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको।

४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरूको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरूलाई सिद्ध्याउने गतिविधि गरिएको।

५. सम्पूर्ण वामपन्थी तथा समाजवादी शक्तिलाई बृहत् कम्युनिस्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड बामदेव गौतमले सो निर्धारित उद्देश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको।

निर्णयको प्रति

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.