|

भोजपुर : भोजपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। लुकाई छिपाई ल्याएको तीन सय मिलिग्राम ब्राउन सुगरसहित हतुवागढी गाउँपालिका ८ का ४३ वर्षीय भक्तबहादुर थापा र २५ वर्षीय सुमित राईलाई प्रहरीले पक्राउ गरेको हो।

दुवै जनालाई धरानबाट भोजपुर घर फर्कने क्रममा हतुवागढी ९ हसनपुर  गैरी गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। प्रहरी चौकी हसनपुरबाट खटिएको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुको साथमा लागुऔषध फेला परेको हो। 

उनिहरुविरुद्ध लागुऔषध ओसारपसार कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारीले बताए। पछिल्लो समय यहाँ लागुऔषध ओसारपसार घटना बढ्दै गएको प्रहरीको भनाइ छ। 

गत माघ महिनामा पनि करिब दुई ग्राम एक मिलिग्राम ब्राउन सुगरसहित दुई जना ट्रक चालक पक्राउ परेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.