|

भोजपुर : सरकारले सञ्चालन गर्ने अनुदानका कार्यक्रमले व्यवसायिक कृषिमा उत्प्रेरणा थपिएको छ। आफ्नै लगानीमा कृषि उद्यम गरिरहेका कृषकलाई यस्ता अनुदानका कार्यक्रमले सहजता थपिएको हो।

सरकारले विदेशबाट फर्किएका युवालाई केन्द्रित गरेर कृषि लक्षित कार्यक्रम सञ्चालन गरेपछि युवाहरुमा व्यवसायिक कृषिप्रतिको मोह बढ्दै गएको छ।

यहाँका विभिन्न सरकारी कार्यालयले यस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेका छन्। आइतबार यहाँका तीन सरकारी कार्यालयहरुले यस वर्ष सञ्चालन हुने बार्षिक कार्यक्रमहरु सार्वजनिक गरेका छन्।

कार्यालयहरुले आर्थिक बर्ष २०७९/८० मा सञ्चानल हुने स्वीकृत योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेका हुन्। कृषि ज्ञान केन्द्र भोजपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभा सम्पर्क कार्यालय भोजपुर र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्पर्क इकाई भोजपुरले संयुक्तरुपमा यस आर्थिक बर्षमा सञ्चालन हुने स्वीकृत योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेका हुन्।

कार्यालयहरुले यसवर्ष पनि कृषक लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिएका छन्। विगतका वर्षहरुमा जस्तै यस वर्षपनि कृषक लक्षित पकेट, ब्लग, सुन्तला बगैँचा व्यवस्थापन युवालक्षित, नमुना फर्म स्थापना लगाएतका कार्यक्रम सञ्चालन हुने कृषि ज्ञान केन्द्र भोजपुरका निमित्त प्रमुख जीवन ठाडामगरले जानकारी दिए।

सरकारले अनुदानमूलक कार्यक्रम सञ्चालन गरेसँगै व्यावसायिक कृषिमा लाग्ने कृषकहरुको संख्यामा वृद्धि भएको मगरको भनाइ छ। कार्यक्रमलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले जिल्ला स्थित सरोकारवाला पक्षहरुसँग छलफलसमेत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.