|

काठमाडौं : टुकुचा खोला पुरेर बनाइएका विभिन्न घर तथा अन्य संरचनाहरू तत्काल नभत्काउन काठमाडौं महानगरपालिकालाई उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ। प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापालगायतले  शुक्रबार दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।

महानगरले टुकुचा कमलादी क्षेत्रमा टुकुचा खोला पुरेर घर तथा संरचनाहरू बनाइएको भन्दै जयनेपाल हलको नजिकै खोतलेर टुकुचा खोला देखाएको थियो।

साथै अदालतले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका  नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका कुनै पनि संरचनाहरू भत्काउन रोकेको हो।

अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षसँग छलफल गर्न असोज ५ गते बोलाएको छ।

पछिल्लो महिना महानगरले अनधिकृत संरचना भत्काउनुका साथै नक्सापास बिनाका संरचनाहरूलाई नक्सा पास गराउन निर्देशन दिनेक्रमलाई तीव्रता दिँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.