|

दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा कम्तीमा १५१ जनाको मृत्यु भएको छ।

गएराति एक कार्यक्रममा भएको घटनामा १५० जनाभन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

भागदौडका क्रममा ५० जनालाई हृदयाघात भएको अनुमान गरिएको छ। घाइतेको उद्धारका लागि १४० भन्दा बढी प्राथमिक उपचारका गाडी घटनास्थलमा पठाइएको थियो।

भागदौड भएको केही समयपछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले आकस्मिक बैठक बोलाएर घाइतेहरूलाई अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउन, दुर्घटना व्यवस्थापनको मुख्यालय स्थापना गर्न र मृतकको पहिचान गर्न निर्देशन दिएका छन्। साथै उहाँले घटनाबारे छानबिन गर्न अधिकारीहरूलाई भनेका छन्।

कार्यक्रममा करिब एक लाख मानिसले भाग लिएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.