|

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग तत्कालीन केपी ओली सरकारले गरेका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका छन्। 

मंगलबार सामाजिक संजालमा लेख्दै मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवार बनेका थापाले गठबन्धन सरकारले सम्झौता कार्यान्वयन नगर्दा विप्लवको पार्टी अहिले निर्वाचन बिथोल्ने अवस्थामा पुगेको उल्लेख गरेका छन्। 

‘तत्कालीन केपी ओली सरकारले विप्लव नेतृत्वको माओवादीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याएको थियो । तर सरकारसँग भएको सम्झौता गठबन्धन सरकारले कार्यान्वयन नगर्दा सो दल निर्वाचन बिथोल्ने कार्यमा क्रियाशील भएको छ।’ थापाले लेखेका छन्, ‘त्यसर्थ सम्झौता कार्यान्वयन गरी निर्वाचन भयरहित बनाउन सरकारसँग आग्रह गर्दछु।

​विप्लव नेतृत्वको नेकपा अहिले चुनाव विरोधी गतिविधिमा सक्रिय छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.