|

काठमाडौँ : जाडो बढे पनि बजारमा न्याना कपडाको व्यापार बढ्न नसकेको व्यापारीहरूले बताएका छन्।

काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्युरोड तथा असनका व्यापारीले गत वर्षको भन्दा यो वर्षको तुलनामा जाडो महिनामा लगाउने न्यानो कपडाको व्यापार ३० प्रतिशत कम भएको गुनासो गरेका हुन्।

उनीहरूले विगतका वर्षहरूमा जाडो महिना लागेसँगै बजारमा न्यानो कपडा किन्न मानिसको भीड लाग्ने गरे पनि यो वर्ष सुनसान रहेको बताए। उनीहरूले पछिल्लो समय बैंकको ब्याजदर उच्च वृद्धि तथा चिनियाँ नाका खोल्ने र बन्द गर्ने काम भइरहेकाले साना व्यापारीहरू मर्कामा परेको गुनासो गरे

व्यापारीहरूले बजारमा न्यानो कपडाको अभाव नभएको तर ग्राहकले रिटेलमा किन्ने मूल्य होलसेल मूल्य पर्ने गरी मूल्य वृद्धि भएको बताएका छन्। काठमाडौं न्युरोड रञ्जना मलका कपडा होलसेल व्यापारी नवराज तिमिल्सिनाले गत वर्षको भन्दा यस वर्ष शुरुवाती चरणमा न्यानो व्यापारमा ३० प्रतिशतले कमी आएको बताए। उनले न्यानो कपडा तथा अन्य फेन्सी कपडा चीनबाट आउने भएकाले सामान आयात गर्न समस्या रहेको पनि बताए।

उनले चीन जानका लागि पनि भिसाको समस्या भएकाले फोटोको आधारमा अडर गर्दा सामान अर्कै आउने गरेको बताए। उनले चिनियाँ नाका कहिले खुल्ने र कहिले बन्द हुने समस्याले सामान अर्डर गरेको ९ महिनासम्म पनि सामान काठमाडौं आइनपुग्ने ठूलो समस्या रहेको बताए। उनले सामान अर्डर गरेको ९ महिनासम्म सामान नआउँदा साना व्यापारीहरू ठूलो मर्कामा पर्ने गरेको बताए।

उनले नेपाल सरकारले साना व्यापारीहरूलाई पनि गरिखाने वातावरण सहज बनाउनका लागि चिनियाँ नाका सहज बनाइ दिनुपर्ने माग गरे। उनले बैंकहरूमा ब्याजदर वृद्धि हुने, भन्सार दरमा वृद्धि हुने, सामान आउन समय लाग्ने भएर व्यापार नहुने तर घरभाडा बढी रहने समस्याले साना व्यापारीहरू पीडित रहेको बताए।

उनले भने,‘ गत वर्षको तुलनामा जाडो लागे पनि व्यापार कम छ। सामान आयातमा नै समस्या छ। चीनबाट आउने सामान अर्डर गरेको ९ महिनासम्म पनि आइपुग्दैन। सरकारले साना व्यवसायीलाई काम गर्ने वातावरण बनाई दिनुपर्छ।

बैंकहरूमा ब्याजदर वृद्धि, भन्सार दरमा वृद्धि, सामान आउन समय लाग्ने, व्यापार ३० प्रतिशt कमी आएको अवस्था रहेको छ। तर घरभाडा बढेको अवस्थाले साना व्यापारी पीडित छौं।’

व्यापारीहरूले ग्राहकहरूले खोजे जस्तो न्यानो कपडा आयात गर्नको लागि मुख्य समस्या हुँदा व्यापारमा समेत असर परेको गुनासो गरेका छन्। उनीहरूले सामानहरूको मूल्य वृद्धि भएर आएकाले पनि व्यापार गर्न कठिन भएको व्यापारीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.