|

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका-३ भुर्तुलाको भीरमुनिमा (बुधबार) साँझ बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

म्याग्दीको सदरमुकाम बेनीबजारबाट मल्लाज जादै गरेको ग १ ज ५२९६ नम्बरको बोलेरोका चालक जलजला–२ का ३० वर्षीय डम्बरबहादुर नेपालीको मृत्यु भएको हो।

उकालोमा ब्रेक फेल हुँदा अनियन्त्रित भएपछि बोलेरो सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गइरहेको छ। विस्तृत जानकारी आउन बाँकी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.