|

दोलखा : दोलखामा प्रतिनिधिसभा र प्रदेश सभा  निर्वाचनको मतगणना जारी  छ। 

आज  विहान बजेसम्म प्राप्त तथ्यांक अनुसार दोलखामा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा ख मा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ।  सुरुवाती चरण देखि सत्तागठबन्धनका उम्मेदवारले अग्रता लिएको भए पनि दोलखाको भीमेश्वर नगरपालिकाको मतगणना पछि एमालेका उम्मेदवार अगाडी भएका हुन्। 

हाल सम्मको नतिजा अनुसार प्रतिनिधि सभातर्फ एमालेका बालकृष्ण शिवाकोटीले १५०३ मतले माओवादीका गंगा कार्कीलाई पछि पारेका हुन। शिवाकोटीले १६२१४ मत ल्याउदा कार्कीको १४७११ मत रहेको छ।

प्रदेश सभा ख मा भने कांग्रेका बर्मा  लामा पछाडी परेका छन्। लामाले १५०५८ मत प्राप्त गर्दा एमालेका भरत बहादुर केसीले १६८१० मत प्राप्त गरेका छन् । एमालेका केसी १७५२  मतले  अगाडी छन्।

यस्तै प्रदेश सभा सदस्यको लागि प्रदेश सभा क का  कांग्रेसका उम्मेदवार कुन्दन काफ्लेले १५७४१ मत प्राप्त गर्दा एमालेका उम्मेदवार नर बहादुर  श्रेष्ठले ११७०५ मत प्राप्त गरेका छन्। श्रेष्ठ ४०३६ मतले पछाडी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.