|

काठमाडौंं : उपत्यकाका विभिन्न ठाउँमा सरकारी जग्गा, खोलाका किनारमा बस्दै आइरहेका भुमीहिन सुकुम्बासीहरूले आज काठमाडौंको माइतीघरमा शान्तिपूर्ण दवाब र्‍याली निकालेका छन्।

काठमाडौंको बँशीघाट, थापाथली , शान्ति नगर, शंखमुल, गैर्‍हीगाँउ लगायतका क्षेत्रमा बसोबास गर्दै आएका उनीहरूले आज माइतीघर देखि नयाँ बानेश्वर सम्म दवाब र्‍याली निकालेका हुन्।

र्‍यालीमा सहभागीले उठिबासको त्रास कहिलेसम्म? जिल्ला भूमि आयोगको कामलाई तिब्र पारियोस् जस्ता नारा लगाएका थिए।

एकीकृत बागमती सभ्यता विकास परियोजना र काठमाडौं महानगरपालिकाले सुचना निकाल्दै मंसिर १२ गते थापाथली स्थित सुकुम्बासी बस्ती खाली गर्न लाग्दा झडप भएको थियो।

मंसिर १२ को झडपमा परि महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३३ जना नगरप्रहरी घाइते भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.