|

चितवन : नक्कली नोटसहित प्रहरीले  एक महिलालाई पक्राउ गरेको छ।

नक्कली नोटसहित कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गंगा तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको कोठाबाट एक हजार दरका १३७ थान नक्कली नोट बरामद गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। 

उनलाई मुद्रासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.