|

हेटौँडा : बागमती प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसद शिवराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्। सांसद अधिकारीले प्रदेशसभा सचिवालय पुगेर केहीबेर अघि उम्मेदवारी दर्ता गरेका हुन्।

उनलाई कांग्रेसको ३७ सांसदको साथ रहेको छ। उनी कांग्रेसको धादिङबाट समानुपातिक सांसद हुन्।

यता, सत्ता गठबन्धनबाट राप्रपाका भुवन पाठक सभामुखको उम्मेदवार बनेका निर्णय गरेको छ।

सत्ता समीकरण मिलाउने क्रममा गठबन्धनले बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउने सहमति भएको थियो। 
नेमकिपाबाट सृजना सायजुले उम्मेदवारी दिएकी छिन्। उनलाई नेमकिपाका सांसद सुरेन्द्रराज गोर्साइले प्रस्ताव र गीता काफ्लेको समर्थन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.