|

काठमाडौं : बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी पेरको छ।

सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल छन्।

नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार छन्।

यसैगरी, नेपाल मजदुर किसान पार्टी नेमकिपाकी सिर्जना सैँजुले पनि सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन्। उनको प्रस्तावकमा गीता काफ्ले र समर्थकमा सुरेन्द्रराज गोसाइ छन्।

सभामुख पदको उम्मेदवारी दर्ता गराउने समय आज दिउँसो २:०० बजेसम्मका लागि तोकिएको थियो। बागमती प्रदेशसभाको भोलि शुक्रबार बिहान ११ बजे बस्ने बैठकले सभामुख चयन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव एवं निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिए। प्रदेशसभामा एक सय १० जना सांसद छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.