|

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। वंशाणुगत जन्डिस (कमलपित्त) का कारणले ग्रसित रहेका नेता पुनको पुस ३० गते स्वास्थ्यमा फेरि समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। 

उनको उपचारमा संलग्न कलेजो तथा पेटरोग विशेषज्ञ डा युवराज शर्माले अहिले उनको स्वास्थ्य उपचार सुधार भए पनि दीर्घकालीन समस्या समाधानका लागि कलेजो प्रत्यारोपण गर्नुपर्ने बताए।

‘जन्डिसका कारणले उहाँको कलेजोमा समस्या देखिएको छ, अरू वैकल्पिक उपचार गरेर कलेजोलाई ठीक पार्न सकिन्छ कि भनेर हामी लागेको छौँ,’ उनले भने, ‘तर कलेजोको स्थिति कमजोर नै भइसकेको हुनाले प्रत्यारोपण गर्नु सबैभन्दा राम्रो हो, यसबारे हामीले उहाँको परिवारमा छलफलसमेत चलाइसकेका छौँ।’

डा शर्माले कलेजो प्रत्यारोपण कहाँ र कसरी गर्ने भन्ने सम्बन्धमा बिरामीसँग छलफल गर्नेसमेत बताए। जन्डिसका कारणले स्वास्थ्यमा समस्या देखिएपछि गत मंसिरमा उपचारका लागि उनी चीन गएका थिए।

स्वास्थ्यमा सुधार आएपछि उनी नेपाल फर्किएका थिए। पुनलाई भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ। चीनमा उपचार गर्नुभन्दा अगाडि गतवर्ष पनि रोगले च्यापेपछि उनको उपचार थाइल्यान्डमा गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.