|

अमेरिकाको मेम्फिस सहरमा एक २९ वर्षीय अश्वेत युवकको प्रहरीले हत्या गरेको छ।

जनवरी ७ मा टायर निकोलस नामका एक युवकलाई प्रहरीले हतारमा गाडी चलाएको आरोपमा समातेर कुटपिट गरेका थिए।  जसको तीन दिनपछि मृत्यु भएको थियो। घटना भएको केही सातापछि प्रहरीले शुक्रबार साँझ उनीसँग भएको झगडाका ४ वटा भिडियो सार्वजनिक गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यी भिडियोमा प्रहरीले उनलाई निर्ममतापूर्वक कुटेको देखिन्छ। प्रहरीले उनलाई दोस्रो दर्जाको यातना दिएको देख्न सकिन्छ। उनलाई लात हाने, टेजर बन्दुकले हानिएको र निर्ममतापूर्वक कुटिएको देखिएको छ।

निकोलस ४ वर्षीय बच्चाको बुबा थिए। परिवारले प्रहरीमाथि रंगभेद गरेको आरोप लगाएका छन्। यदि निकोलस कालो नभएको भए प्रहरीले उनलाई यसरी कुटपिट गर्ने थिएन भन्ने परिवारको बुझाइ छ।

केहीदिन अघि मात्र अमेरिकी प्रहरीले अर्का अश्वेत व्यक्तिको हत्या गरेको आरोप लागेको थियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.