|

काठमाडौं : नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। 

एमालेको केन्द्रीय कमिटीको ५औँ बैठक २९ बाट सुरु हुन लागेको हो। गत ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। 

बैठकमा निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनीक सुदृढीकरणबारे  छलफल हुने रिजालको भनाइ छ। 

बैठकको एजेन्डा तय गर्न २६ मा सचिवालय बैठक बोलाएको छ । बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.