|

काठमाडौं : राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो १२ बजे बस्दैछ। बैठकमा राष्ट्रिय सभाकी उपाध्यक्ष उम्मेदवार उर्मिला अर्यालको प्रस्ताव निर्णयार्थ पेश हुनेछ। उनको समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा छन्।

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार उपाध्यक्षको प्रस्तावलाई अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा निर्णयार्थ पेश गर्नेछन्। नेकपा माओवादी केन्द्रकी अर्यालको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा हुने संघीय संसद् सचिवालयले जनाएको छ। 

त्यस्तै, मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयको पत्रबारे अध्यक्ष तिमिल्सिनाले बैठकलाई जानकारी गराउनेछन्। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘अनुगमन तथा मूल्यांकन विधेयक २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश हुने कार्यसूची छ। यसैअनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘सार्वजनिक सेवा प्रसारण विधेयक २०७७ छलफल गरियोस्’ भन्ने प्रस्ताव बैठकमा पेश गर्ने कार्यसूची छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.