|

टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ।  अधिकारीहरूका अनुसार टर्कीमा १२ हजार ३ सय ९१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

यस्तै सिरियामा मृत्यु हुनेको संख्या २ हजार ९ सय ९२ पुगेको छ। यी उद्धारको कार्य जारी रहेको र मृतकको संख्या बढ्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्। 

टर्कीको गाजियान्टेप प्रान्तको नुरडागीबाट २३ किलोमिटर पूर्वी क्षेत्र केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पको धक्का लेबनन, साइप्रस र इजरायलसम्म महसुस गरिएको थियो।

टर्कीका १० वटा सहरमा क्षति पुगेको छ भने १७ सयभन्दा बढी भवन क्षतिग्रस्त भएका छन्।  सिरियाको एलेप्पो, हामा, लाटाकिया र टार्टसमा बढी क्षति पुगेको छ। यो भूकम्प यस क्षेत्रमा १ सय वर्षयताकै ठूलो भएको बताइएको छ। 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.