|

काठमाडौं : सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।

एन्फा कम्प्लेक्समा बिहीबार नेपाल पुलिस क्लबलाई २-१ गोलले हराउँदै सातदोबाटो सेमिफाइनलमा पुगेको हो। सातदोबाटोको जितमा दीपकराज सिंह ठकुरीले २ गोल गरे भने पुलिसका प्रविन थापाले १ गोल फर्काए।

अब सातदोबाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र एनआरटीबीचको विजेतासँग खेल्नेछ। आर्मी-एनआरटीको खेल शुक्रबार बिहान ११ बजे हुनेछ भने दिउँसो मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज क्लबबीच अर्को खेल हुनेछ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा ८ टोली सहभागी छन्। उपाधि विजेताले १० लाख नगद तथा उपविजेताले ५ लाख नगद पाउने आयोजकले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.