|

काठमाडौं : आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको खेल जारी छ।

पीएनजी टस हारेर अहिले ब्याटिङ गरिरहेको छ। र, पीएनजीले चार विकेट गुमाएको छ।

नेपालका स्पिनर सन्दीप लामिछानेले पीएनजीको चौथो विकेट लिए। उनले पीएनजीका कप्तान अर्सद बालालाई आउट गरे। उनी २० रन बनाएर सन्दीपको बलमा ललित राजवंशीबाट क्याच आउट हुन पुगे।  तेस्रो विकेट पनि सन्दीपले नै लिएका थिए। उनले सेसे बाउलाई सन्दिपले आउट गरे। उनी १८ रन बनाएर पेभिलिएन फर्किएका हुन्।

त्यस अघि दोस्रो ओभरको पाँचौ बलमा किप्लिन डोरिगालाई लिलित राजवंशीले आउट गरेका थिए भने अर्का ओपनर हिरि हिरि सोमपाल कामीको बलमा करन केसीले क्चाच आउट गरे।

अहिले पीएनजी २१औँ औभरमा ७५ रन बनाएर खेलिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.