|

काठमाडौं : सरकारले बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन लागिएको हो।

आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई मन्त्रालयले आग्रह गरेको छ। बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ।

जुकाको औषधि भने २०५६ सालदेखि खुवाउन थालिएको हो । सरकारले हरेक वर्ष वैशाख र कात्तिकमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ।

केही तस्विर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.