|

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको छ। 

सरकारी वकिल कार्यालय परिसरमा उनले पत्रकारहरुमाझ ‘सेलिब्रेटी पोज’ दिएका छन्। उनलाई हतकडी लगाइएको छैन भने उनले मास्कसमेत लगाएका छैनन्। उनले फोटो र भिडियो खिच्ने पत्रकारहरूले गरेको आग्रह अनुसार सबैतिर हेरेर हात हल्लाएका थिए। 

पक्राउ पूर्जि जारी भएपछि ११ दिनपछि काठमाडौंको बूढानीलकण्ठबाट आइतबार राति पक्राउ परेका उनलाई सोमबार सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरिएको हो। अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेस गर्ने प्रक्रिया पूरा गर्नका लागि उनलाई सरकारी वकिल कार्यालयमा लगिएको हो।

अदालतले म्याद दिएपछि प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाउनेछ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनका छोरा सन्दीप पक्राउ परिसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.