|

पाल्पा : रैनादेवी छहरा गाउँपालिका-२ सर्देवाका ४७ वर्षीय डिलबहादुर बुढाथोकीको रूखबाट खसेर मृत्यु भएको छ।

घर नजिकै शमीको रूखमा चढेर घाँस काट्ने क्रममा आइतबार लडेर घाइते भएका थिए।​ 

तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो करिब ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.