|

काठमाडौं :  नेकपा एमालेले सचिवालय बैठक डाकेको छ। एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११:३० बजे बैठक बोलाइएको छ।

उनका अनुसार समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक विषयबारे छलफल गर्न बैठक बोलाइएको हो।

बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ। एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.