|

काठमाडौं : राप्रपाको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयलाई दिएको समय सीमाभित्र खाली नगरेको भन्दै महानगरले कार्यालयमा डोजर लगाएर हटाउने तयारी गरेको छ।

महानगरको यो तयारीसँगै  राप्रपाका कार्यकर्ता पार्टी कार्यालय आसपमास ठूलो संख्यामा जम्मा भएर बसेका छन्। उनीहरूले महानगर र प्रमुख बालेन साहविरुद्ध नाराबाजी गर्दै डोजर जान अवरोध गर्दै गाडीहरूसमेत तेर्स्याएर राखेका छन्।

हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले कार्यालय हटाउन लागेको हो। महानगरपालिका प्रमुख मेयर बालेन साहको निर्देशनमा मापदण्ड मिचेर बनाइएको पार्टी कार्यालय हटाउन लागिएपछि सो पार्टीमा खैलाबैला मच्चिएको हो।

महानगरपालिकाले राप्रापा पार्टी कार्यालयलाई आज सोमबारसम्ममा खाली गर्न भन्दै शुक्रबार माइकिङ गर्नुका साथै सूचनासमेत जारी गरेको थियो।

तोकिएको समयमा कार्यालय नहटाइएकाले डोजर लगाउर भत्काउने तयारी महानगरको छ। यद्यपि, यो समाचार तयार पार्दासम्म महानगरको डोजरसहितको टोली धुम्बाराही पुगेको छैन।

यहाँको अवस्था र स्थितिलाई हेरेर सम्भावित झडप नहोस् भनेर सुरक्षाकर्मीलाई समेत तैनथ अवस्थामा राखिएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.