|

काठमाडौं : राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका छन्। सरकार र शिक्षक महासंघबीच हिजो ६ बुँदे सहमति भएपछि स्थायी प्रकृतिका शिक्षकहरू काठबाडौंबाट फर्किए पनि राहत, अनुदान, अस्थायी र करारमा आबद्ध रहेका (सम्पूर्ण अस्थायी किसिमका) शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन्।

उनीहरु अहिले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका छन्। उनीहरुले हिजो भएको सहमति खारेज हुनुपर्ने, शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन्। शिक्षकहरुको प्रदर्शनका कारण बानेश्वर माइतीघर सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ।

विद्यालय शिक्षा विधेयकको विरोधमा तीन दिनसम्म चलेको आन्दोलनपछि सरकारले शिक्षक महासंघले उठाएका माग पूरा गरे पनि राहत शिक्षकले भने त्यसलाई धोका भएको भनेका छन्।

देशभरका सामुदायिक विद्यालयमा करिब ४६ हजार राहत शिक्षक रहेका छन्।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.