|

जुम्ला : सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई नारायणहिटी दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याउनुपर्ने विषयमा किन आवाज नउठाएको भन्दै जुम्लामा प्रश्‍न गरिएको छ।

सोमबार पत्रकार महासंघ जुम्लाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनलाई सांसद शाहीलाई पूर्व राजाको पक्षका  संसदमा वकालत गर्दा २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन वीरेन्द्र शाहको वंश विनास  गरिएको विषयमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने विषयमा किन मौन किन बस्नुभयो? भनेर पत्रकारहरूले प्रश्न गरेका हुन्।

वीरेन्द्रको वंश नाश भएको २२ वर्ष पूरा भइसकेको छ। उनले पत्रकारले गरेको प्रश्नको उत्तर दिँदै दरबार हत्याकाण्डको बारेमा अब आफूले संसदमै बोल्ने बताए। उनले नारायणहिटी दरबार हत्याकाण्डको विषयको सत्यतथ्यबारे बाहिर ल्याउने काम अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डले) गर्नुपर्ने बताए। 

'त्यतिबेला आरोप लागेका राजा अहिले नागरिक भइसके उनीसँग कुनै पहुँच र पावर छैन' उनले  थपे, 'त्यसैले वीरेन्द्र शाहको वंश विनाश कसले गर्‍यो त्यसको छानविन सरकारले गर्नुपर्छ।'

त्यस्तै, जुम्लाका पत्रकारहरुले जिल्लाको विकासका लागि भनेर गएका सांसद शाहीलाई  हिमानी ट्रस्ट ल्याएर आएको आरोप लगाए। सांसद ज्ञानबहादुर शाहीले आफूले यति बजेट र योजना ल्याएँ भन्दै प्रचार नगर्ने बताएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै सांसद शाहीले जिल्लाको विकास गर्नु आफ्नो दायित्व भएकोले सामाजिक सञ्जालमा यति योजना र बजेट ल्याएँ भन्दै प्रचार गर्न जरुरी नरहेको बताएका हुन्।

त्यस्तै जुम्ला विमानस्थलको विस्तार,जुम्ला जिल्लाको विद्युतीकरण,कर्णाली राजमार्गको स्तरबृद्धि,बैकल्पीक राजमार्ग निर्माण र जुम्लाको कृषि वस्तुको उत्पादन बृद्धि र बजारीकरण गरी पाँच क्षेत्रमा आफ्नो मुख्य प्रथामिकता रहेको सांसद शाहीले बताए।

'गणतन्त्र नै उत्तम व्यवस्था र राजतन्त्र खत्तम व्यवस्था भन्ने ठाउँ छैन। व्यवस्था परिवर्तनप्रति जनताको अवस्थामा कति परिवर्तन भयो? मुख्य बहसको विषय यही हो। यदि जनताले चाहन्छन, भने राजसंस्था स्थापना हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको छ' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.