|

काठमाडौं :  नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर दीप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए। आधुनिकता र प्रविधिको उच्च  प्रयोग गरिएको भनेर एमालेले दाबी गरेको थियो।

अधिवेशनमार्फत प्रदेश कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ कार्य समिति चयन हुनेछन्।

तर, एमाले बागमती प्रदेशको पाँचौँ दिनसम्म पनि नेतृत्व चयन हुन सकेको छैन। बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि अझै मतदान सुरु हुन सकेको छैन। अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा हुने भएको छ।

अध्यक्ष पदमा पाँच आकांक्षीले उम्मेदवारी दर्ता गराए पनि तीन जनाले उम्मेदवारी फिर्ता गरेपछि उनीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो। केशवराज पाण्डे, सानुकुमार श्रेष्ठ र  केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिए।

मतदान स्थलमा प्रचारशैली परम्परागत र पुरानै शैलीमा चलिरहेको छ। उम्मेदवारहरूकोका फोटो सहितका पर्चा तथा विभिन्न कागजका चाङ लागेको छ।  प्रतिनिधि तथा उम्मेदवारहरू पुरानै शैली र प्रवित्तिसाथ आ-आफ्नो तरिकाले भोट मागिरहेका दृश्य पनि देखिन्थे।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.