|

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्रा बिक्री शुरु गरेको छ। ​कम्पनीले थापाथलीस्थित कम्पनीको प्रादेशिक कार्यालयमा मंगलबार बिहानदेखि बिक्री शुरु गरेको हो। 

जिउँदो खसी प्रतिकेजी ६८० रुपैयाँ निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६७० रुपैयाँमा बिक्री गरिरहेको कम्पनीले जनाएको छ। यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २६० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर एक हजार २५० रुपियाँ बिक्री भइरहेको छ। कम्पनीले यो दशैँका लागि दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याएर बिक्री गर्न थालेको हो।​

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.