|
तस्वीर : रोयर्टस

गाजा क्षेत्रमा शासन गर्ने इजरायल र हमास बीचको हिंसाको पछिल्लो आक्रमण अक्टोबर ७ मा सुरू भयो।

दुवै पक्षले आक्रमणलाई तिव्रता दिए। इजरायलले हवाई आक्रमणका साथै गाजामा पानी, बिजुली, इन्धन र अन्य आपूर्तिहरू बन्द गरेर बदला लियो।

झण्डै ११ लाख मानिसको बसोबास रहेको उत्तरी गाजाबाट हालसम्म ७ लाख बाहिरिइसकेको बताइएको छ। इजरायलले त्यस क्षेत्रमा इस्लामिक विद्रोही समूह हमासले बनाएका सुरुङ मार्गहरु नष्ट गर्ने उद्देश्ले शक्तिशाली आक्रमण गरिरहेको छ।

जारी युद्धमा ४ हजार ३ सय ८५ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ।  जसमा १७ सयभन्दा बढी बालबालिका परेका छन्। इजरायलमा १४ सय बढीको मृत्यु भएको छ। युद्धले दुवै क्षेत्रमा उल्लेख्य मानवीय र भौतिक क्षति भएको छ।

उद्धारका लागि लागि परिरहेका व्यक्तिहरूलाई  विस्फोटक पदार्थहरूले थप कठिन बनेको छ। उद्धार कार्यलाई जटिल बनाउन हमासले विभिन्न किसिमका जालो र पासो थापेको भेटिएको छ।

यहाँको सुरक्षा निकायलाई आतंककारीहरूले अक्टोबर ७ को नरसंहारका लागि प्रयोग गरिएका विस्फोटक पदार्थ र हातहतियारहरू संकलन गर्ने कार्यमा यस किसिमका पासोले ढिलाइ गरेको पाइएको छ।

मृतकमध्ये पनि केही व्यक्तिका शवमा विस्फोटक पदार्थ राखिएको बताइएको छ। उता गाजा क्षेत्रमा लगातार हमला गर्दा लासलाई व्यवस्थापन गर्न गाह्रो भइरहेको स्वंयसेवकहरूले अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई बताएका छन्।

यस्तै, शनिबार र आइतबार कूल ३४ वटा ट्रकले सोही रफाह क्रसिङमार्फत इजिप्टबाट गाजासम्म खाद्यान्न, पानी, औषधि र चिकित्सकीय उपकरणसहित अत्यावश्यक सामग्री पुर्याइएको छ। यी प्रयासका बावजुद मानवअधिकार संस्थाहरूले प्यालेस्टिनी क्षेत्रसम्म पर्याप्तरूपमा सहायता सामग्री नपुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

बीस लाखभन्दा बढी नागरिकको घरमाइजराइलको लगातारको बमबारी र पूर्ण नाकाबन्दीका कारण गम्भीर पानीको समस्या र भोकमरीको खतराको सामना गरिरहेको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.