news

|

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी संगठनले आज काठमाडौँमा राँके जुलुस निकाली विरोध प्रदर्शन गरेको छ। आफ्ना पार्टीका नेताहरूलाई अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै विद्यार्थी संगठनले प्रदर्शन गरेको हो।

मंगलबार नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जीको विरोधमा संघर्ष गर्ने घोषणा गरेको थियो।

काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमवार महासचिव विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’‚ माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो।​

त्यसकै विरोधमा मंगलबार मसाल जुलुस प्रदर्शन गर्ने, २० गते बुधबार न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.