|

काठमाडौं : टेकुस्थित कौशी थिएटरमा सांस्कृतिक नाटक ‘बोधि सत्व’को मञ्चन भइरहेको छ।

 बज्र कला कुञ्जको प्रस्तुति रहेको नाटक मंसिर २० गतेदेखि मञ्चन भइरहेको हो। सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्दाको विषयलाई समेटेर नाटक तयार पारिएको छ।

इँगिहोपो काँईच सुनुवारले नाट्य रूपान्तरण गरिएको हो। उक्त नाटकलाई चन्द्रमान मुनिकारले लेखन, परिकल्पना तथा निर्देशन गरेका हुन्।

सुदनमान मुनिकार, संगिता थापा, नानुमैंया महर्जन, युवाहाङ्ग राई, सृजना शर्मा, अन्जु श्रेष्ठ, अनिसा श्रेष्ठ, अजय लामा, सन्तोष गिरी, नविन काफ्ले र आकाश नेपालीको नाटकमा अभिनय रहेको छ।

काठमाडौं महानगरपालिकाको सहकार्यमा यो नाटक तयार भएको हो। नाटक पुस ४ गतेसम्म हरेक साँझ ५ बजे र शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.