|

काठमाडौं : दाङको घोराही– १० नारायणपुरमा  गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार झिम्रुक ४ बाङ्गेका १७ वर्षका विशाल जिसी र नौबहिनी गाउँपालिका–६ लुङका १८ वर्षका सागर केसीको मृत्यु भएको हो।

रा.१ क. १३०७ नम्बरको टिपरले रा. २ प. ५५८९ मोटरसाइकललाई ठक्कर दिएको हो।

गम्भीर घाइते दुवैलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो। उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.