|

 काठमाडौं : आईसिसी यु–१९ विश्वकपअन्तर्गत बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेका छ। 

अष्ट्रेलियाले अब उपाधिका लागि भारतसँग आइतबार खेल्नेछ।

दक्षिण अफ्रिकामा किस्तानले दिएको एक सय ८० रनको लक्ष्य अष्ट्रेलियाले ४९ दशलमव १ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो।​

अष्ट्रेलियाको जितमा ह्यारी डिक्सनले ५० रन बनाए। ओलिभर पिएक ४९ रनमा आउट भए। त्यस्तै, टोम क्याम्पबेलले २५ रन बनाए। पाकिस्तानका अलि राजाले ४ तथा अरफत मिन्साहले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४८ दशलमव ५ ओभरमा १७९ रन बनाएको थियो। पाकिस्तानका लागि अरफत मिन्हासले सर्वाधिक ५२ र आजन आवैस ५२ बनाए। अन्यको प्रदर्शन उल्लेखनीय रहेन्। अष्ट्रेलियाका टम स्ट्याकरले ६ विकेट लिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.