|

आईसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने भएका छन्। आइतबार हुने फाइनल खेलमा यी दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्। 

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेसँगै फाइनल समीकरण पूरा भएको हो। गएराति सकिएको खेलमा पाकिस्तानले दिएको १ सय ८० रनको लक्ष्य अष्ट्रेलियाले ४९ दशलमव १ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो। 

अष्ट्रेलियाको जितमा ह्यारी डिक्सनले ५० रन बनाए। ओलिभर पिएक ४९ रनमा आउट भए। पाकिस्तानका अलि राजाले ४ तथा अरफत मिन्साहले २ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४८.५ ओभरमा १७९ रन बनाएको थियो। 

पाकिस्तानका लागि अरफत मिन्हासले सर्वाधिक ५२ र आजन आवैस ५२ बनाए। अन्यको प्रदर्शन उल्लेखनीय रहेन। अष्ट्रेलियाका टम स्ट्याकरले ६ विकेट लिए। भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.